क्रान्तिकारी माओवादीको अभियान टोलीले फागुन १५ गते रोल्पाका थवांगलगायत विभिन्न गाउँहरुमा कार्यक्रमहरु सम्पन्न

क्रान्तिकारी माओवादीको अभियान टोलीले फागुन १५ गते रोल्पाका थवांगलगायत विभिन्न गाउँहरुमा कार्यक्रमहरु सम्पन्न

क्रान्तिकारी माओवादीको अभियान टोलीले फागुन १४ गते रोल्पाका विभिन्न गाउँहरुको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी १५ गते रोल्पाको वागमारा गाउँ पालिका वार्ड नं. ३ मा कोण सभाको आयोजना गरेको जानकारी प्राप्त भएको छ । जसमा संचालक महेश श्रेष्ठ र वक्तामा धनेश्वर पोख्रेल थिए । त्यसैगरी पूवी रुकुमको भुमे गाउँपालिका वार्ड नं. ९ चुनवांग गैरीगाउँमा अर्को कोणसभा सम्पन्न गरियो , जसको संचालन दिल बहादुर कठायतले गरेका थिए भने उक्त कोणसभालाई निरज के.सी.ले सम्वोधन गरेका थिए । उक्त कार्यक्रममा अमरले क्रान्तिकारी गित गाएका थिए । त्यसपछि रोल्पाकै परिवर्तन गाउँपालिका वार्ड नं. १ खरीबोटमा कोणसभाको आयोजना गरियो र यसको संचालन महेश श्रेष्ठले गरेका थिए भने सम्वोधन निरज के.सी.ले गरेका थिए ।
रोल्पा जिल्लाको अन्तिम कार्यक्रमका रुपमा थवांग गाउँमा कार्यक्रमको आयोजना गरियो, जसलाई निरज के.सी., भुपेन्द्र न्यौपाने र धनेश्वर पोख्रेलले सम्वोधन गरेका थिए भने दिल बहादुर कठायतले संचालन गरेका थिए । उक्त सभामा अमरले केही क्रान्तिकारी गित गाएका थिए ।