हार्दिक शुभकामना !

तुलसीपुर दाङ  । भ्रष्टाचार, सिमा अतिक्रम र एमसिसि बिरुद्ध दाङमा क्रियाशील पाँच दलले केन्द्रीय कार्यक्रम अनुसार बिरोध तथा कोणसभा गरेका छन । नेकपा मसाल ,नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले ,राष्ट्रिय जनमोर्चा नेपाल ,देशभक्त जणगणतान्त्रिक मोर्चा लगायतले बढदै गएको भ्रष्टाचार, नेपाली भुमि अतिक्रम र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) को बिरोध गरेका हुन् ।

तुलसीपुर मा आयोजना गरिएको कार्यक्रममा राष्ट्रियता र स्वाधीनताको पक्षमा सरकार गम्भीर हुन नसकेको वक्ताहरुले बताए । सरकार भ्रष्टाचारमा लिप्त भएको, राष्ट्रियता सम्बन्धमा गम्भीर हुन नसकेको, देशको सार्भौमिकता नै धरापमा पार्ने एमसिसि जस्तो घातक सम्झौता सरकारले सँसदबाट पारित गर्ने खोजेर असम्लग्न नीति पञ्चशिल परराष्ट्र निति बिपरित जान खोजेको आराेप पलगाएका छन ।

कार्यक्रमका बक्ताहरुले लिम्पियाधुरा, लिपुलेख, कालापानी भारतले अतिक्रम गरेको भुमि फिर्तागर्नुपर्ने बिषयमा सरकार मौन रहनुको कारण के हो ? गुमेको भुमि फिर्ता लिन कुटनैतिक माध्यमबाट पहल गर्न नसको आरोप लगाए । बिरोध कोणसभामा वक्ताहरुले एमसीसी परियोजनाले संसारभरिका देशहरुबाट प्राकृतिक सम्पदा दोहन गरिसकेको भन्दै अब नेपाल को सुन्दर प्राकृतिक स्रोतसाधन माथि दोहन गर्न खोजेको तर आफुहरुले जुनसुकै मुल्य चुकाएर पनि एमसिसिको नाममा अमेरिकी सेना नेपालमा आउन नदिने र जनताहरु सजग रहन आब्हान गरे । अमेरिकीहरूले संसारका कुनैपनि देशहरुलाई बाइबल बाहेक अरु कुनै पनि बस्तु निशुल्क रुपमा उपलब्ध नगराउने दाबी गर्दै नेपाललाई सैनिक अखडा बनाउन लागेको बक्ताहरुको भनाइ छ । बक्ताहरुले कुनै पनि हालतमा राष्ट्रियता लाई बन्धकी राखेर एमसिसि परियोजना स्विकार गर्न नसकिने बताएका छन ।

उक्त कोणसभामा नेकपा मसालका दाङ जिल्ला प्रवक्ता भरत भण्डारी ,नेकपा माले जिल्ला सचिव नेत्र प्रकाश पाण्डे ,देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका सचिव ईश्वरी गैरे ,नेकपा (क्रान्तिकारी माओवादी) दाङका सदस्य पारस ,राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जि सि लगाएतकाले बोल्नु भएको थियोे । उक्त कोणसभामा सहजिकरण राष्ट्रिय जनमोर्चाका जिल्ला सचिबालय सदस्य शुक्रराज भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर