भारतकाे नयाँ दिल्लीकाे हिंसामा मारिनेकाे संख्या २२ पुग्याे, सयाै घाइते

प्रकाशित मिति : २०७६ फाल्गुन १४

काठमाडौं । भारतको मोदी सरकारले हालै ल्याएको नागरिकता संशोधन ऐनको विषयलाई लिएर राजधानी नयाँदिल्लीमा  भड्किएको हिंसामा परी मर्नेेेेकाे संख्या २० पुगेको छ भने करिब २ सय जना घाइते छन् ।

गुरु तेग बहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील गौतमले दिएको जानकारी अनुसार अहिलेसम्म मर्नेसंख्या २० र घाइतेको १८९ जना पुगेको छ । हिंसामा ५० भन्दा बढी सुरक्षाकर्मी घाइते भएको बताइएको छ ।

 

अस्पतालका निर्देशक कुमारका अनुसार बुधबार बिहान थप ४ जनाको मृत्यु भएपछि मर्ने संख्या २२ पुगेको हो । मृत्यु हुनेमा एक सुरक्षाकर्मी र बाँकी सर्वसाधारण रहेका छन् ।

हिंसामा परी घाइते भएर अस्पताल भर्ना भएका कसैको टाउकोमा गम्भिर चोट लागेको थियो भने कसैलाई गोली लागेको थियो । घाइतेमध्ये कसैलाई चक्कु प्रहार गरिएको र कोहि भिडमा भागदौड हुँदा घाइते भएका थिए ।

अस्पतालका अनुसार घाइतेमध्ये धेरैको अवस्था नाजुक भएकाले मर्ने संख्या बढ्नसक्ने बताइएको छ । हिंसामा परी घाइते भएकाहरुलाई उचित उपचारको प्रबन्ध गर्न दिल्ली उच्च अदालतले गएराती आदेश दिएको थियो ।

भारतको राजधानी नयाँदिल्लीमा भएकाे याे हिंसालाई दुई दशकयताकै यो ठुलो हिंसाकाे रुपमा लिइएकाे छ । 

हिंसाले बिस्तारै सम्प्रदायिक रुप लिन थालेको बताइएको छ । आन्दोलनकारीहरु दुई समुहमा विभाजित भएर एकअर्कालाई आक्रमण गरिरहेकाे समाचार स्राेेेेेेेेतहरुले उल्लेख गरेका छन् ।
मोदी सरकारले नागरिकता संशोधन ऐन ल्याएर भारतका अल्पधार्मिक समुदायमाथि अन्याय गरेको बताइएकाे छ ।