फागुन ११ गते
अभियान टोलीले फागुन ६, ७,८ र ९ गते तानसेन,गुल्मी,र अर्घाखाँची जिल्लाका विभिन्न कार्यक्रमहरु सफतापूर्वक सम्पन्न गरी १० गते प्युठानको मल्ल रानी गाउँपालिका ३ चुँजाठाटी बजारमा कोणसभा सम्पन्न गरेको छ । । उक्त सभाको संचालन दिलबहादर कठायतले गरेका थिए भने वक्ताको रुपमा धनेश्वर पोख्रेलले सम्बोधन गरेका थिए ।
सोही दिन झिमरुक गाउँपालिका ५ मच्छी बजारमा अर्को कार्यक्रमको अयोजना गरियो । तेजविक्रम शाही र टिकाराम पौडेलले सम्वोधन गरेका थिए भने कृष्ण रानाले संचालन गरेका थिए ।


अर्को दिन ख्फागुन ११ गते प्युठान नगरपालिका १० खरीकोट मरन्ठानामा कोणसभाको आयोजना गरियो । उक्त कोणसभालाई गोविन्दराज पोख्रेल र भुपेन्द्र न्यौपानेले सम्वोधन र संचालन महेश श्रेष्ठले गरेका थिए । सोही दिन प्युठान नगरपालिका १ पाटीचोकमा आयोजित कोणसभालाई टिकाराम पौडेल र धनेश्वर पाख्रेलले सम्वोधन गरेका थिए भने कृष्ण रानाले संचालन गरेका थिए । त्यसैगरी प्युठान नगरपालिकाको बागदुलामा पनि कोणसभाको आयोजना गरिएको थियो, जसलाई महेश श्रेष्ठ र धर्मराज पण्डितले सम्वोधन गरेका थिए र संचालन परिवर्तनले गरेका थिए । सोही दिन प्युठान नगरपालिका ४ बिजुवार बजारमा अर्को कोणसभाको आयोजना गरियो र वक्ता प्रेम सुवेदी र संचालन दिलबहादु कठायतले गरेका थिए । प्युठान नगरपालिका २ क्वाडीमा भएको कोणसभालाई चन्द्रपसाद पोखरेल र भुपेन्द्र न्यौपाने सम्वोधन गरेका थिए भने कृष्ण रानाले संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर