भारतमा नगर समिति र केन्द्रीय समिति तथा नगर समितिका बैठकहरु भएका छन् । नेपाली एकता समाज भारतको केन्द्रीय समितिको बैठक १६ फरवरीको दिन सम्पन्न भएको छ । बैठकको प्रारम्भमा मुक्ति आन्दोलनका महान सहीदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरियो । बैठकमा भारतका विभिन्न राज्यहरुबाट केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो । बैठकले भारत सरकारले घोषणा गरेको सीएए र एनआरसीको विषयलाई गम्भीरताको साथ छलफल गरी विरोध गर्ने घोषणा गर्यो । केन्द्रीय अध्यक्ष आनन्द थापाको अध्यक्षतामा र समितिका इन्जार्च कुमार बोगटीको बिशेष आतित्थ्यतामा केन्द्रीय महासचिव बिष्णु भट्टराईको सञ्चालनमा बैठक सम्पन्न भयो । बैठकले बिष्णु भट्टराईको सम्पादकीयमा ‘जनलहर अनलाइन‘ प्रकाशन आरम्भ गर्ने निर्णय गरेको छ ।


संगठनको व्यापक बिकास, विस्तार र प्रचारका लागि मिलन के.सीं र सूरज कुमारलाई मूलबाटो डट् कम र बर्गदष्टि साप्ताहिको प्रबास सम्वाददाताको जिम्मेवारी दिने निर्णय गरेको छ । प्रवासमा सांस्कृतिक टिमको निर्माण गरिएकोछ र जसको इन्चार्जको जिम्मेवारी बीरबहादुर गौतमलाई दिइएकोेछ ।
केन्द्रीय समितिलाई दिने मासिक कोटालाई कडाइका साथ नियमित गर्ने निर्णय गरिएको छ । नबिन थापामा संगठनको नीति विपरित गंभिर प्रकृतिको सास्कृतिक विचलन देखापरेको हुनाले नीजलाई एक वर्षका लागि संगठनको साधारण सदस्य समेत न रहने गरी निष्काशन गरिएको छ । अन्य निष्कृय केन्द्रीय सदस्य कमरेडहरुको हकमा आचार संहिता लागु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर