क्रान्तिकारी माओवादी बाँकेका जिल्ला सदस्य क.इतिहासको निधन

प्रकाशित मिति : २०७६ मंसिर ११


बाँके । नेकपा (क्रान्तिकारी माओवादी) बाँकेका जिल्ला सदस्य कर्णबहादुर कामी क. इतिहासको ७२ वर्षको उमेरमा निधन भएको छ । दिवंगत इतिहासको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ बाँके जिल्ला पार्टीले अन्तिम श्रद्धाञ्जली ग¥यो । दिवंगत इतिहासको पार्थिव शरीरमा पार्टीका बाँके बर्दिया इन्चार्ज संकुलले पार्टीको झण्डा ओढाएका थिए । क.इतिहासको निधनबाट पार्टीलाई क्षति पुगेको भन्दै जिल्ला पार्टी सचिव अर्जुनले दिवंगत इतिहासप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।