काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ललितपुरले एक महिने अभियान सुरु गरेको छ । अभियानको उद्घाटन क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवले एक कार्यक्रमका बीच गरेका छन् । ललितपुर जिल्ला पार्टीको आयोजनामा गरिएको कार्यक्रमका बीच शनिबार ललितपुरको कुपण्डोलमा अभियानको उद्घाटन गरेका हुन् । अभियानको उद्घाटन पार्टीको झाण्डा उचालेर अभियानको उद्घाटन गरिएको थियो ।

हार्दिक शुभकामना !

अभियानको उद्घाटन गर्दै अध्यक्ष गजुरेलले केपी र प्रचण्डको समृद्ध नेपाल र सुखी नेपालीको नारा हावादारी र वाहियात भएको दावी गरेका छन् । हिंसा, हत्या, बलात्कारका दिनदहाडैका घट्ना यो सरकारको उपहार जनतालाई उपहार भएको भन्दै भ्रष्टाचार मौलाएको, जनतालाई करको भारी बोकाएर महंगी समेत लादेको टिप्पणी गरे ।

क्रान्तिकारी माओवादीका ललितपुर इन्चार्ज क्षितिजका अनुसार पार्टीको संगठन विस्तार तथा सुदृढीकरण गर्दै जनसंघर्ष, वर्गसंघर्ष तथा प्रतिरोध संघर्षको आधार निर्माण गर्नका लागि अभियान सञ्चालन गर्न लागिएको हो । पार्टीका जिल्ला सेक्रेटरी दिपकले सञ्चालन गरेको कार्यक्रममा जिल्ला पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर