विप्लव नेकपाका दर्जनौं नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा प्रवेश (फोटोफिचरसहित)

प्रकाशित मिति : २०७६ भाद्र ३


चितवन । नेक्रविक्रम चन्द नेतृत्वको नेकपा परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् । क्रान्तिकारी माओवादी चितवन जिल्लाले सुरु गरेको जिल्लाव्यापी संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत मंगलबार पूर्व जनमुक्ति सेनाका कमाण्डर पराजुली लगायत विप्लवले नेतृत्व गरेको नेकपाको युवा संगठनका जिल्ला कमिटी सदस्यहरू अनिश अन्जान ढकाल, रोजित लामा, मन्दीप गुरूङ, धर्म थापा मगर, राजकुमार विक, दिपक राई, प्रकाश विक, प्रताप बानिया, सन्जीत राई लगायत दर्जनौ नेता कार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश गरेको क्रान्तिकारी माओवादीका चितवन जिल्ला सचिव अशोक शर्माले बताए ।


यसरी पार्टी प्रवेशमा आएका नेता कार्यकर्ताहरुलाई पार्टी सेक्रेटरी शर्मा, देजमो जिल्ला अध्यक्ष बाबुराम प्यासी तथा अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष सुरेश गौतम लगायतले अविर लगाएर पार्टी प्रवेस गराएका थिए ।
भदौं १ गतेबाट क्रान्तिकारी माओवादी चितवनले जिल्लालाई तीनवटा कमाण्ड बनाई सांगठानिक अभियानमा जुटेको छ । अभियानकै क्रममा पार्टीले जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संगठन उठानको आधार तयार पार्ने पनि जनाएको छ ।