काठमाडौं । जनयुद्धको तयारीको क्रममा उच्च सहादत प्राप्त गरेका महान सहिद रामवृक्ष यादवको २५ औं स्मृति दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)ले श्रद्धाञ्जली वक्तव्य जारी गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले सोमबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै क. रामवृक्ष यादवको सहादतले दशवर्षको महान जनयुद्धको प्रक्रियामा उच्च प्रकारको उत्प्रेरणा र उर्जा प्रदान गरेको उल्लेख बताएका छन् र २५ औं स्मृति दिवसको अवसरमा पार्टीको तर्फबाट ससम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

वक्तव्यमा भनिएको छ, “आज भाद्र २ गते नेपाली कम्युनिस्ट आन्दोलन तथा नयाँ जनवादी क्रान्तिका नेता क.रामवृक्ष यादवले वर्ग दुश्मनको आक्रमणबाट सहादत प्राप्त गरेको दिन हो । २०५१ साल भाद्र २ गते तत्कालीन नेकपा (एकता केन्द्र)का केन्द्रीय सदस्य रहनु भएका क. रामवृक्ष यादवको सहादतले दशवर्षको महान जनयुद्धको प्रक्रियामा उच्च प्रकारको उत्प्रेरणा र उर्जा प्रदान ग¥यो । धनुषा जिल्लाको बरमझिया निवासी क. रामवृक्ष यादव क्रान्तिका वीर अमर सहिद हुनुहुन्छ । यस अवसरमा क.रामवृक्ष यादवप्रति पार्टीको तर्फबाट म ससम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।”

प्रतिक्रिया

सम्बन्धित खवर