पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) र पार्टी सम्बद्ध संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले छुट्टाछुट्टै वक्तव्य जारी गरी क्रान्तिकारी युवा लिगका केस तथा पार्टीका कास्की जिल्ला सदस्य इन्द्रबहादुर गुरुङलाई पूर्वाग्रहपूर्ण फैसला गरी जेल चलान गरिएको घटनाको घोर विरोध एवम् भत्र्सना गरेको छ । भदौं १अर्थात् आइतबार जारी गरिएको वक्तव्यमा क्रान्तिकारी युवा लिग, नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर गुरुङलाई २०७६ असार १९ गते प्रहरीले विना कारण पक्राउ गरी लामो समय प्रहरी हिरासतमा राखी एउटा निजी नरसिंह होमको दबाबमा जबर्जस्त चन्दा असु्लीको अभियोगमा अदालती केस दर्ता ग¥यो र कास्की जिल्ला अदालतका न्यायाधिश काजीबहादुर राईको एकल इजालसले साउन ७ गते इन्द्रबहादुर गुरुङमाथि अत्यन्तै पूर्वाग्रहपूर्ण निर्णय गरी २ लाख धरौटी तोकिदियो । एउटा निजी नरसिंह होमको झुठो आरोप, कास्की जिल्ला प्रहरी प्रशासनको ज्यादती र कास्की जिल्ला अदालतको पूर्वाग्रहपूर्ण फैसलाका कारण इन्द्रबहादुर गुरुङ हालसम्म थुनामा रहेको उल्लेख गर्दै उक्त घटनाको घोर निन्दा र भत्र्सना गरिएको छ ।
पार्टीको तर्फबाट क्रान्तिकारी माओवादी कास्कीका सचिव कर्णबहादुर पुन र देजमो तर्फबाट टेकबहादुर गुरुङले जारी गरेको एउटै व्यहोराको वक्तव्यमा भनिएको छ, “२०७६ असार ६ र ७ गते मकवानपुरको हेटौंडामा सम्पन्न सम्मेलनका लागि संगठनको निर्देशन अनुसार आर्थिक सहयोग संकलनको सन्दर्भमा पोखराको न्यूरोड स्थित पद्मनरसिंह होम प्रा.लि.मा स्वेच्छिक रूपमा आर्थिक सहयोगको लागि अनुरोध गर्न गएको बेला प्रहरीलाई खबर गरी झुठो आरोप लगाई पक्राउ गराएको थियो । आजसम्म सबै राजनीतिक पार्टीहरू आर्थिक सहयोगकै आधारमा चलिरहेको र व्यापारी तथा व्यवसायीहरूले पनि आर्थिक सहयोग गरिरहेको अवस्थामा संगठनको घोषित कार्यक्रमका लागि चिठी र रसिदसहित आर्थिक सहयोग संकलनको लागि गएको व्यक्तिलाई जबर्जस्त चन्दा असुलीको आरोपमा पक्राउ गर्नु निन्दनीय कार्य हो र राजनीतिक प्रतिशोध हो भन्ने हाम्रो पार्टीको ठहर हो ।”

वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टीको यस प्रकारको चन्दा संकलन गर्ने र त्यसमा पनि अझै जबर्जस्त चन्दा असुली गर्ने भन्ने कहि कतै र कुनै पनि नीति नभएको र हाम्रा जबस मोर्चाहरुको पनि यस प्रकारको कुनै नीति नभएकोले पद्मनरसिंह होम र कास्की जिल्ला प्रहरी कार्यलयले जबर्जस्त चन्दा असलीको अभियोगमा अदालती केस दर्ता ग¥यो त्यो केवल झुठो आरोप मात्र हो । एउटा जिम्मेवार क्रान्तिकारी राजनीतिक पार्टीलाई बद्नाम गराउने र त्यसका कार्यकर्ताहरुलाई दुःख दिने मनसाय हो भन्ने प्रष्ट देखिन्छ ।

इन्द्रबहादुर गुरुङमाथि लगाइएको अत्यन्तै पूर्वाग्रहपूर्ण निर्णय चित्त नबुझेको कारणले साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउँ भनि उच्च अदालत पोखरामा पुनरावेदन गरिएको छ । राज्यले अनेक बाहाना बनाएर क्रान्तिकारीहरुलाई निरुत्साहित र हतोत्साहित बनाउने काम गरेकोले सम्पूर्ण अधिकारवादीहरुले सहयोग गर्न र निर्दोषलाई न्याय दिलाउन अपिल गर्दछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर