काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौं जिल्लाले आधारभूत पार्टी स्कूलिङ कार्यक्रम सुरु गरेको छ । आइतबार पार्टीका महासचिव मोहन वैद्य‘किरण’ले पार्टी स्कूलिङको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, स्थायी समिति सदस्य तथा पार्टी स्कूलिङ विभागका प्रमुख परि थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । आधारभूत पार्टी स्कूलिङमा काठमाडौं जिल्लामा कार्यरत प्रदेश सदस्य र जिल्ला सदस्यहरु सहभागी रहेका छन् ।

हार्दिक शुभकामना !

चार दिनसम्म चल्ने आधारभूत पार्टी स्कूलिङको समापन २९ श्रावणमा गरिनेछ । पार्टीका स्थायी समिति सदस्य तथा देजमो अध्यक्ष सीपी गजुरेल, स्कूलिङ विभागका प्रमुख परि थापा, नेताहरु इन्द्रमोहन सिग्देल, सीताराम तामाङ, हस्तबहादुर केसी, जगदीशचन्द्र भण्डारी, हुकुमबहादुर सिंह लगायतले प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ । जिल्ला पार्टी स्रोतका अनुसार २९ गते ‘काठमाडौं मार्च अभियान’को उद्घाटन गरिनेछ । यो अभियान संघर्ष संगठन संघर्षको उद्देश्यमा आधारित रहि संचालन गरिने छ । आन्तरिक संगठनलाई व्यवस्थित गर्दै जनसम्बन्ध सुदृढ गर्ने, जनपरिचालनलाई प्रभावकारी बनाउँदै जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्ष उठानमा मुख्य जोड दिई जिल्लाको शक्ति संकेन्द्रण गरिने लक्ष्य अभियानको रहेको छ । कार्यकर्ताहरुको वैचारिक, राजनैतिक र संगठनात्मक क्षमता अभिवृद्धिको विषयलाई पनि ध्यान दिई अभियान सञ्चालन गर्न लागिएको पार्टीका पालिटव्यूरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज सुरेश श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर