बाग्लुङ । बाग्लुङ जैमिनी नगरपालिका १ कुश्मीसेराका दर्जनौं युवाहरु नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगाणतान्त्रिक मोर्चा, नेपालमा प्रवेश गरेका छन् । एक कार्यक्रमका बीच उनीहरु मोर्चामा प्रवेश गरेको मोर्चाका ४ नं. प्रदेश सदस्य तथा क्रान्तिकारी युवा लिग, नेपालका केन्द्रीय सचिवालय सदस्य विक्रम थापाले जानकारी दिए ।

हार्दिक शुभकामना !


थापाका अनुसार शुक्रबार जैमिनी नपा–१ कुश्मीसेराका १७ जना युवाहरु देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमा प्रवेश गरेका छन् । थापाको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच मोर्चामा प्रवेश गरेका युवाहरुलाई मोर्चाको स्थानीय कमिटिमा आवद्ध गरिएको छ । मोर्चामा प्रवेश गरेका युवा विवश थापाको नेतृत्वमा १७ सदस्यीय कमिटि निर्माण गरिएको छ । जसमा उपाध्यक्ष दिल बहादुर थापा, सचिव सुरेश थापा, सह–सचिव गुमानसिंह थापा, कोषाध्यक्ष सुनिल थापा र सदस्यहरूमा पुर्ण थापा, अर्जुन नेपाली, सरिता थापा, सलिना थापा, संदिप थापा, अमृत थापा, मधु थापा, अशोक थापा, दिपक थापा, सुबाश थापा, जीवन थापा लगायत रहेका छन् ।
कार्यक्रममा मोर्चाका बाग्लुङ सदस्य कुमार थापा, थम्मन श्रीस लगायतका जिल्ला नेताहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार