काठमाडौं । तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित दशक लामो जनयुद्धको अवधिमा जनमुक्ति सेनामा रहेर काम गरेक शक्ति गुरुङ‘विक्रम’लाई नेपाली सेनाको समरी जनरल अदालतले १० वर्ष जेल सजाय तोकेको छ । तत्कालीन माओवादी नेतृत्वको आव्हानमा नेपाली सेनाबाट विद्रोह गरी तत्कालिन ‘जनमुक्ति सेना’मा प्रवेश गरेका एक सैनिक जवानलाई १३ वर्षपछि जेल सजाय सुनाइएको हो । गोरखा आरुघाट–९ स्थायी घर भएका शक्ति गुरुङ (विक्रम)लाई सैनिक समरी जनरल अदालतले १० वर्ष जेल सजाय तोकेपछि यो विषयले जनयुद्धकालीन मुद्दालाई गम्भीर बनाएको छ ।
सैनिक अदालतले गुरुङलाई अब भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुने ठहर गरेको छ । गुरुङ २०६३ साउन ३० गते हतियारसहित भागेर तत्कालिन माओवादीमा प्रवेश गरेका थिए ।
सहायकरथी एवम् सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार गुरुङलाई भविष्यमासमेत सरकारी सेवामा अयोग्य हुनेगरी सैनिक अदालतले कोट मार्सलको फैसला सुनाएको हो । गुरुङले २०६३ साउन ३० गते हतियारसहित नेपाली सेनाबाट विद्रोह गरेका थिए । सोही कसूरमा कारबाही गरिएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर