काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विध्यार्थी संगठन अखिल (क्रान्तिकारी) संगठन विस्तारमा जुटेको छ । अखिल (क्रान्तिकारी)ले ललितपुरको पाटन माध्यामिक विद्यालय र नमुना मछेन्द्र मा.वि.मा संगठन निर्माण गरेको छ ।
प्राप्त जानकारी अनुसार आइतबार विरेन्द्र तितुङको नेतृत्वमा ललितपुरको पाटन माध्यामिक विद्यालयमा ३३ सदस्यीय इकाई कमिटि निर्माण गरेको छ भने शुक्रबार ललितपुरकै नमुना मछेन्द्र मा.विमा गृष्मा खत्रीको नेतृत्वमा ३१ सदस्यीय इकाई कमिटि निर्माण गरिएको थियो । संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शिलु न्यौपाने लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु संगठन निर्माणको अभियानमा जुटेको उपाध्यक्ष शिलु न्यौपानेले जानकारी दिइन् ।


यसैबीच, संगठनको ५ नं. प्रदेशको अगुवाई तथा पहलकदमीमा प्रदेशको गुल्मी जिल्लामा भएको पहिरो पीडितहरुको राहतका लागि स्कूल क्याम्पसहरुमा राहत संकलन भइरहेको संगठनका प्रदेश संयोजक महेश श्रेष्ठले बताए । उनका अनुसार स्वेच्छिक रुपमा विध्यार्थीहरुसँग पहिलो पीडितहरुको लागि राहत संकलन भइरहेको छ । संकलित रकम एकमुष्ट रुपमा पीडितहरुलाई बुझाइने श्रेष्ठले बताए ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर