बाँकेमा किसान महासंघ (क्रान्तिकारी) र दलित मोर्चाको भेला सम्पन्न

प्रकाशित मिति : २०७६ श्रावण ३


बाँके । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) र राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपाल बाँकेको भेला आज सम्पन्न भएको छ ।
क्रान्तिकारी माओवादीका बाँके बर्दिया इन्चार्ज संकुलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले प्रेम थापाको संयोजकत्वमा ९ सदस्यीय र इन्द्र दमाई संयोजकत्वमा ७ सदस्यीय राष्ट्रिय दलित मुक्ति मोर्चाको निर्माण गरिएको छ । भेलामा क्रान्तिकारी माओवादीका नेता तेजविक्रम शाही लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।