देजमो ३ नं. प्रदेशले ग¥यो ¥यालीसहित विरोध प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति : २०७६ श्रावण ३

- कुमार भट्टराई


काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेशले विषादीयुक्त तरकारी, लोकसेवा आयोगको समावेशीकरण र बाढीपहिरो पीडितहरुलाई तत्काल उद्दार लगायतका विषयमा विरोध प्रदर्शन गरेको छ । वर्तमान ओली सरकारले भारत लगायतका देशबाट भित्रिने विषादीयुक्त तरकारीमा विषादी परीक्षण नगर्ने भनी गरिएको निर्णय राष्ट्रघाती रहेको भन्दै मोर्चाले विरोध गर्दै आएको थियो । त्यसैगरी भुकम्प पीडितहरुको उद्धार र राहतमा सरकारले उदासिनता देखाएको भन्दै मोर्चाले विरोध जनाएको छ भने संविधानकै बर्खिलाप हुने गरी लोकसेवा आयोगलाई गैरसमावेशीकरण गर्ने गरी जारी भएको विज्ञापन खारेजीको समेत माग गर्दै मोर्चाले विरोध गरेको छ । मोर्चाले सडकमा उत्रिएर सरकारको राष्ट्रघाती तथा जनघाती निर्णयहरुको विरोध गरेको हो ।


मोर्चाको ३ नं. प्रदेशको आयोजनामा आज रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको विरोध ¥याली तथा प्रदर्शन पुरानो बसपार्क, सुन्दधरा, नेपाल वायुसेवा निगम, न्यूरोड, विशालबजार हुँदै असन इन्द्रचोकमा पुगी कोणसभामा परिणत भएको थियो । विरोध ¥यालीमा विषादीयुक्त तरकारी बन्द गर, लोकसेवा आयोगलाई समावेशीकरण गर, बाढी, पहिरो तथा डुबान पीडितको अविलम्ब उद्धार तथा राहत र क्षतिपूर्तिको व्यवस्था गर लगायतका नाराहरु लगाएका थिए ।


विरोध ¥यालीपछिको कोणसभालाई मोर्चाका सचिवालय सदस्य तथा ३ नं. प्रदेशका संयोजक पवनमान श्रेष्ठले सम्बोधन गरेका थिए । विरोध प्रदर्शन कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) तथा मोर्चा सम्बद्ध नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । मोर्चाको ३ नं. प्रदेशका सचिव शिव श्रेष्ठले कोणसभाको सञ्चालन गरेका थिए ।