बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्य हृदयचन्द्रसिंह प्रधान पुरस्कारबाट सम्मानित

प्रकाशित मिति : २०७६ जेष्ठ २५

काठमाडौं । साहित्य सदन नेपालले वर्ष बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यलाई ‘हृदयचन्द्रसिंह प्रधान पुरस्कारबाट सम्मानित गरेको छ । बौद्ध रामहिटी स्थित साहित्य सदन, नेपालको सभाहलमा आयोजित एक कार्यक्रमका बीच सदनले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव रहेका चैतन्यलाई सम्मानित गरेको हो । साहित्य सदनका अध्यक्ष अमिर थापाले चैतन्यलाई दोसल्ला र सम्मान पत्र प्रदान गरी सम्मानित गरेका हुन् । साहित्य सदनका अध्यक्ष अमिर थापाको अध्यक्षता तथा सदस्य सचिव कवि मित्रलाल पज्ञानीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गोपालप्रसाद रिमाल पुरस्कार कवि तथा महिला अभियन्ता कविता पौड्याललाई प्रदान गरेको छ । २५ हजार रासीको हृदयचन्द्रसिंह प्रधान पुरस्कार र २० हजार रासीको गोपालप्रसाद रिमाल पुरस्कार क्रमशः चैतन्य र पौडेललाई प्रदान गरिएको हो ।


पुरस्कृत व्यक्तित्व चैतन्यको साहित्यिक व्यक्तित्व तथा माक्र्सवादी सौन्दर्यशास्त्रका क्षेत्रमा उहाँले पु¥याएको योगदानका बारेमा आख्यानकार तथा समालोचक डा. ऋषिराज बराललले प्रकाश पारेका थिए भने पौडेलको विषयमा डा. रामप्रसाद ज्ञवालीले प्रकाश पारेका थिए ।


पुरस्कृत व्यक्तित्व चैतन्यले संक्षिप्त मन्तव्य राख्दै भने, “दर्शन, साहित्य, सौन्दर्य, राजनीति सबै श्रमसित जोडिएका छन् । सारा लडाइँ श्रम गर्ने र अर्काको श्रम शोषण गर्नेहरूबीचको लडाइँ हो र यो भनेको वर्गीय लडाइँ हो । वर्तमान सन्दर्भमा सङ्घर्षको लामो इतिहासमा केही उपलब्धी भए पनि जुन किसिमकले श्रमजीवी वर्गले सङ्घर्ष ग¥यो, पसिना बगायो, त्यो अनुसार नेपाली समाजको रूपान्तरण भएको छैन । रूपान्तरणका लागि सङ्घर्षको आवश्यकता छ र रूपान्तरणको नयाँ सङ्घर्षमा साहित्यकारहरू जानु जरूरी छ । माक्र्सवादलाई समृद्ध पार्दै रूपान्तरणको अभियानलाई अगाडि बढाउनु आवश्यक छ ।”

चैतन्यले प्रतिबद्धता व्यक्त गर्दै भने, “नेपाली समाजको रूपान्तरणको यस अभियानमा आफू बाँचुन्जेल म भूमिका निर्वाह गर्नेछु ।”
त्यसैगरी कविता पौडेलले पनि आफू सम्मानित भएकोमा सम्मान प्रदान गर्ने साहित्य सदनप्रति आभार प्रकट गरिन् । कार्यक्रममा साहित्यिक स्रष्टाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।