बनेपा । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ काभ्रेको भेला विहीबार बनेपामा सम्पन्न भएको छ ।
महासंघका केन्द्रीय सचिवालय सदस्य तथा ३ नं. प्रदेशका संयोजक अर्जुनलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा क्रान्तिकारी माओवादीका केस कान्छाराम तामाङ र जिल्ला इन्चार्ज स्वमानसिंह तामाङको विशेष उपस्थितिमा सम्पन्न भएको भेलाले प्रदिप अस्तानीमगरको नेतृत्वमा ११ सदस्यीय महासंघको जिल्ला भेला आयोजक समिति निर्माण गरेको छ । सो समितिका अन्य सदस्यहरुमा होमराज माझी, शेरबहादुर प्रधान, ज्ञानबहादुर लामा, लालमान लामा, दानु प्रधान, वीरबहादुर तामाङ, बाबुरामा गुर्मसान मगर, गौरव मास्केलगायत रहेका छन् ।
निर्वाचित कमिटिको पहिलो बैठकले महासंघको ३१ र ३२ जेठमा हुने राष्ट्रिय भेलाको लागि प्रतिनिधि पर्यवेक्षक छनौट ग¥यो भने भेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि जिल्लाले सयौ मजदुरहरुको उपस्थिति गराउने समेत निर्णय गरेको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर