देजमो तनहुँको सम्मेलन सम्पन्न, बेनीबहादुर थापामगरको नेतृत्वमा १५ सदस्यीय कमिटि निर्वाचित

प्रकाशित मिति : २०७५ चैत्र ७


तनहुँ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल तनहुँको सम्मेलन सम्पन्न भएको छ । तनहुँको भिमाद नपामा भएको सम्मेलनले बेनीबहादुर थापामगरको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको छ ।

प्राप्त समाचार अनुसार सम्मेलनले अध्यक्षमा बेनीबहादुर थापामगर, उपाध्यक्षमा हेमकुमारी आले मगर, सचिवमा जीतबहादुर महत, सहसचिवमा मिरा पाठक, कोषाध्यक्षमा उजेलीमाया रानाभाटलाई निर्वाचित गरेको छ ।

सम्मेलनले सदस्यहरुमा श्रीराम लम्साल, केशबराज भट्टराई? उपबहादुर थापामगर, रेशमलाल सार्की, रिजीलाल नेपाली, रामबहादुर कुमाल लगायतलाई निर्वाचित गरेको छ ।

पार्टी केस तथा तनहुँ–नवलपुर इन्चार्ज अनुकूलको प्रमुख आतिथ्यतामा सम्पन्न मोर्चाको सम्मेलनमा मोर्चाका केस बाबुराम सुवेदीको आतिथ्यता रहेको थियो । श्रीराम लम्सालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता नेत्र रानाभाटले गरेका थिए । कार्यक्रमलाई जीत महतले स्वागत गरेका थिए ।

उद्घाटन सत्र र बन्द्र सत्र गरी दुई सत्रमा सम्पन्न सम्मेलनको बन्द सत्रमा बाबुराम सुवेदी, श्रीराम लम्साल र उजेलीमाया रानाभाटको अध्यक्ष मण्डल बनाई श्रीराम लम्सालले बन्द सत्रको कार्यक्रम चलाएका थिए । बन्द सत्रले नेत्र रानाभाटले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेपछि अध्यक्ष मण्डलका अध्यक्ष बाबुराम सुवेदीले प्रस्तुत गरेको प्यानल प्रस्ताव पारित गरेको थियो । निर्वाचित कमिटिको पहिलो बैठकले कमिटिका पदाधिकारीहरुको चयन गरेको थियो ।