सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी) को युवा संगठन क्रान्तिकारी युवा लिगका जिल्ला नेताहरुलाई प्रहरी हिरासतबाट रिहा गरिएको छ । रिहा हुनेहरुमा लिगका सुर्खेत उपाध्यक्ष मिलन शाही र सदस्य शिव कँडेल रहेका छन् । रिहाई भएपछि क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुले उनीहरुको भव्य स्वागत गरेको थियो ।

हार्दिक शुभकामना !

क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको मेची–महाकाली अभियानको क्रममा १३ गते सुर्खेतमा आयोजित जनसभा सकेर साँझ फर्कने क्रममा वाङ्गेसिमनबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयको सामान्य तारिखमा छाडिएको बताइएको छ ।

क्रान्तिकारी माओवादीको ६ नम्बर प्रदेशका निमित्त सेक्रेटरी कृष्ण गुरुङले उनीहरुलाई बिना कारण राज्यले गिरफ्तार गरेको र पार्टीले चौतर्फी रुपमा दबाब दिएपछि छरौटीमा छाडिएको बताए । क्रान्तिकारी पत्रकार महासंघको पहलमा हिरासतमुक्त युवाहरुको सम्मान तथा पत्रकार भेटघाट कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा रिहा भएका कार्यकर्ताहरुलाई पार्टीका नेताहरुले टीका र खादाले सम्मान गर्दै राज्यको निरंकुशता विरुद्ध आउँदा दिनहरुमा थप उर्जावान भएर प्रतिरोध गर्न निर्देशन दिने समेत दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर