☆ थालनी
यतिखेर ममा मानसिक र विषयगत गरी दुई खाले आतङ्क पैदा भैरहेका छन् ः
१) “नकरात्मक विषय उठायो “ भनेर मान्छेले मलाई अन्यथा सोँच्ने हुन् कि भन्ने आतङ्क । यो मानसिक हो ।
२)मानसिक रूपले सकरात्मक हुने लाखौँ चेष्टा गर्दा पनि विषयबस्तुको आलोक फेरि सकारात्मक छैन । म नकारलाई सकार्न सक्दिनँ, सकिरहेको छैन । म विषयले एकदम आतङ्कित छु । यो विषयगत आतङ्क हो ।
☆ शहीद सप्ताहको सन्दर्भ र शहीदको विषय
सन्दर्भ, शहीद सप्ताहको छ । विषय, शहीदको हो । सरकारले जनयुद्धकालमा न्याय र मुक्तिका लागि भनेर हाँसी(हाँसी आफ्नो जीवनको वलिदान गर्ने महान् वीर-वीराङ्गनाहरूलाई “मृतक“ को दर्जा थमाएको छ र त्यतिबेला ज्यान गुमाउन पुगेका राज्यपक्षका सेना (प्रहरीलाई सगौरव “राष्ट्रिय शहीद“ घोषणा गरेको कवुलियतनामा जारी गरेको छ । प्रचण्डकै भाषा सापटी लिएर भन्नुपर्दा यहाँ “गङ्गा उल्टो“बगेको छ ।
यो एउटा भ्रष्टाचार हो । यो एउटा घुमाउरो तरिकाको राज्य आतङ्क हो। यसले महान् शहीदका साथसाथै र सिङ्गो माओवादी आन्दोलनको उपहास गरेको छ । प्रचण्ड “कामरेड“ र प्रचण्ड मण्डली यसमा धन जमानी बसेका छन् ।
☆ प्रचण्ड मण्डलीलाई प्रश्नः
प्रयोगका हिसाबले प्रचण्ड मण्डली शब्द मनासिव नहुनसक्छ ।
आजको दिनमा प्रचण्डको छुट्टै मण्डली छ कि छैन भन्ने विषय मैले छमकट्टै बुझ्न नसकेको विषय हो । मैले प्रचण्ड मण्डली शब्द प्रयोग गरेको छु । म प्रचण्ड मण्डलीतर्फ फर्किएर निम्नानुसार ३ ओटा प्रश्न गर्न चाहन्छु स्
१) जनयुद्धका महान् शहीदहरू राष्ट्रिय शहीद घोषणा गर्ने सवालमा प्रचण्ड मण्डली मौन रहनुको रहस्य के हो ? के यहाँ व्यक्तिगत सुखभोगका लागि शहीदको रगत लिलाम गरिएको हो ? हैन भने, के हो ? प्रचण्डमण्डलीले यसको जवाफ दिनुपर्छ कि पर्दैन ?
२) मर्नु र शहीद हुनु एउटै विषय होइन । मार्ने र मारिने दुईटै पक्ष शहीद, यस्तो हुनै सक्दैन। सेना(प्रहरी नूनको सोझो गर्दा मरेका हुन्, जनताका छोराछोरी न्याय र मुक्तिका खातिर शहीद भएका हुन्। जनयुद्धका क्रममा ज्यान गुमाउन पुगेका जनताका छोराछोरीहरूलाई “शहीद“ र नूनको सोझो गर्दा मर्न पुगेका सेना प्रहरीहरूलाई “मृतक“ विभूषणले विभूषित नगर्दा सिङ्गो माओवादी आन्दोलन, स्वयम् प्रचण्ड र हामी आन्दोलनकारीको परिभाषा के हुनपुग्छ ? यसले माओवादी आन्दोलनलाई “आतङकवादी गतिविधि“,प्रचण्ड “हत्याराका नाइके“ र आन्दोलनमा लामवद्ध हामी सम्पूर्ण यात्रीहरू “आतङ्ककारी“ भन्ने अर्थ लाग्दैन ?
३) प्रचण्ड मण्डलीलाई शहीद सप्ताह वा शहीद दिवसका अवसरमा शहीदका नाममा श्रद्धान्जली अर्पण गर्ने वा शहीदका तस्वीरमा पुष्पगुच्छा चढाउने नैतिक अधिकार छ कि छैन ? शहीद तथा बेपत्ता योध्दा परिवारजनसामु उभिँदा महाशयहरूलाई लज्जाबोध हुन्छ कि हुँदैन ?