ओखलढुंगा । विषालु जंगली च्याउ खाँदा खिजीदेम्वा गाउँपालिका–८ का ग्यालु शेर्पाकी ४ वर्षीया छोरी निमायाङ्जी शेर्पाको मृत्यु भएको छ । घरमा सुकाएर राखेको च्याउ पोलेर खाँदा बिरामी परेकी बालिकाको सोमबार साँझ ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै च्याउ खाएर ग्यालु शेर्पा, उनकी पत्नी लकी शेर्पा र ७ वर्षीया छोरो पासाङ शेर्पा बिरामी भएका छन् । बिरामीमध्ये ग्यालु शेर्पाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए ।
त्यस्तै ग्यालु शेर्पाकी भतिजी ७ वर्षीया पोसी शेर्पा समेत बिरामी भएकी छन् । घाइतेको उपचारका लागि भूसिंगा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली खटिइ प्राथमिक उपचार गरेको प्रहरीले जनाएको छ ।
खाने च्याउ भनि सुकाएर राखेको च्याउ खाँदा विषालु परेकाले उक्त घटना भएको स्थानीयले बताएका छन् । प्रहरीले जथाभावी जंगली च्याउ संकलन गर्ने र खाने नगर्न सचेत गराएको छ ।