काठमाडौं । प्रदेश नम्बर २ को सरकारले त्यहाँको प्रदेश सभाबाट प्रदेश प्रहरी निर्माणको विधेयक पारित गरेको छ । उक्त विधेयक प्रदेशको बहुमत सांसदहरुद्वारा पारित गरिएको हो । प्रतिपक्षमा रहेका सांसदहरुको होहल्ला र विरोधका बाबजुद पनि दुईतिहाईद्वारा उक्त विधेयक पारित भएपछि संघीय र प्रदेश सरकारका बीचमा खटपट सुरु भएको छ ।
हालसम्म संघीय सरकारले प्रादेशिक तथा स्थानीय सरकारका मातहतमा के कस्तो मान्यता र विधिअनुसार प्रहरी निर्माण र परिचालन गरिने हो सोको बारेमा अझैंसम्म पनि मुख ‘आँ’ गरेको छैन । पहिल्यैदेखि खटपट रहँदै आएको प्रदेश नम्बर २ र संघीय सकारका बीचमा यसपाला भने अन्तरविरोध फौजी रस्साकस्सीमा आएको देखा परेको छ ।
स्वयम् संघीय सरकारमा सहभागी भएको पार्टीको बहुमत र मुख्यमन्त्री रहेको २ नं. प्रदेश सरकारले यसो गरिरहँदा संघीय ओली सरकार भने मूकदर्शक बनिरहेको छ । वौद्धिकहरुका बीचमा ओलीले हाल दुई नम्बर प्रदेशका मुख्यमन्त्रीले देखाइरहेका हर्कतहरु पनि भारतमा मोदीसँग संझौता गरेर आएको हुनसक्ने बताइरहेका छन् । किनकि ओली आफै मोदीका नेपाल विरोधी हरेक कदमको सहयोग र समर्थन गर्दै आएका छन् ।
आश्चर्यको कुरा त के पनि भइरहेको छ भने प्रदेश प्रहरीको प्रमुखमा आईजीपी रहने प्रावधान राखिएको छ ।