हिजोआजको मौसम अरिङ्गालले साम्राज्य फैलाउने मौसम हो । यो बर्खाका महिनामा अरिङ्गालले जताततै गोलो लाउने गर्च । जङ्गलका ठूल्ठूला रुखका हाँगाहरूमा ठूल्ठूला गोलो बनाएर अरिङ्गालले आफ्ना सन्तान फैलाउँच । यसरी फैलिएका अरिङ्गालले किसानका खेतबारी, घरआँगन, करेसाबारी, बगैँचा जताततै साम्राज्य फैलाएर मनुखे जगतमा आतङ्क मच्चाउँच । किसानले खेती गरेका मकैका घोगामा दुलो पारेर खाइदिने, मकैबारीमा मनुखे गयो भने चिलेर लखेट्ने गर्च । घर आँगनमा पालेका मौरीका घार घारमा पसेर मौरी खाइदिन्छ । बालबच्चाहर्लाई चिलेर अनुहार हातखुट्टा कुरूप पारिदिन्च । सबै अरिङ्गाल खनिएर एउटै मनुखेलाई चिल्यो भने त निज मनुखेको इहलिला समेत समाप्त हुन्च । यस्तो खतरनाक हुन्च अरिङ्गाल ।
यस्तो खतरनाक प्रकृतिको अरिङ्गाल पनि दुई वर्णको हुन्च । एउटा कालो वर्णको र अर्को रातो वर्णको । रातो भन्दा कालो रिसाहा र खतरनाक हुन्च । यो निकै आक्रामक हुन्च । यसले मनुखेलाई छिटो र तीव्र गतिमा आक्रमण गर्च । मनुखे जगतका लागि अरिङ्गालले फाइदा भन्दा बेफाइदा धेरै गर्च । किनकि यसले मनुखेको हानीपजनी धेरै गर्च । नोक्सान धेरै पु¥याउने भएकाले यसलाई मनुखेले नकारात्मक उदाहरणका रूपमा लिन्च ।
अहिले नेपाल मण्डलमा अरिङ्गालले साम्राज्य फैलाएको छ । यो हाईब्रिड जातको अरिङ्गाल हो । कालो वर्ण र रातो वर्णको अरिङ्गाललाई क्रस गराएर एउटै अरिङ्गाल बनाइएको छ । यो अरिङ्गालको माऊ अर्थात् ढेँडु अरिङ्गाल बालुवाटारको गोलामा बस्च । अरू चल्ला अरिङ्गाल जति सिंहदरबार र नयाँ बानेश्वरतिरका गोलामा बस्चन् । ढेँडु अरिङ्गाल कालो अरिङ्गाल हो । ढेँडु अरिङ्गालको बथानमा रातो वर्णको अरिङ्गाल मिसिएपछि यो अरिङ्गालको बथान निकै ठूलो भएको छ । झण्डै दुइतिहाईको सङ्ख्यामा रहेको यो अरिङ्गालमा डाइना मात्रै छन् । कर्मी अरिङ्गालले काम गर्च तर डाइनो अरिङ्गालको काम भनेको खान्की हसुर्ने र सन्तान फैलाउने मात्रै हो । यो लुटेरा अरिङ्गाल भएकाले मनुखेलाई बढी आक्रमण पनि यसैले गर्च । कालो वर्णको अरिङ्गालले कुनै समयमा रातो वर्णको अरिङ्गाललाई पनि आक्रमण गथ्र्यो । कुनै समयमा रातो अरिङ्गाल पनि निकै फैलिएको थियो । मुलुकै रातो अरिङ्गालले खान्च की जस्तो गरेको थियो । तर यो अरिङ्गालले पनि कर्म गर्न छोडेर अरूलाई चिल्ने, लुटेर बसिबसि खान पल्केपछि यसको सन्तान मासिँदै गयो । सन्तान मासिँदै जाँदा रातो अरिङ्गालको रङ पनि खुइलिँदै जान थाल्यो । रङ खुइलिएर फुस्रोखैरो हुन थालेपछि यसको मानमनितो र चर्चा परिचर्चा घट्दै गयो । अन्तिममा पहिला आफ्नै शत्रु भएको कालो अरिङ्गालमा गएर मिसियो र त्यही गोलामा घुस्रिएर बस्यो । मिसिएको अरिङ्गाल पट्टीको नाइके अरिङ्गालले दुई नम्बरीको पदवी पायो । एउटै गोलामा दुइटा नाइके अरिङ्गाल भए । नेचुरल अरिङ्गालको बथानमा एउटा गोलामा नाइके अरिङ्गालको सङ्ख्या बढेपछि घार फाट्छन् । तर यो हाइब्रिड जातको अरिङ्गाल भएकाले दुइटा नाइके एउटै घारमा बसेर फरक फरक घारमा हुर्केका अरिङ्गाल एउटै गोलामा गएर मिसिएका छन् । तर दुइटा नाइकेले आफ्ना आफ्नै घारतिरका बथानको नेतृत्व गर्चन् । एउटै गोलामा मिसिएपनि यीनको खानपिन, रहनसहन, उठबसमा केही अन्तर भएकाले एउटै रङमा पूर्ण रूपले बदलिन सकेका छैनन् । तर पनि हसुर्ने मामिलामा भने दुबै एउटै चरित्रका भएका छन् ।
नेचुरल अरिङ्गालले कर्म धेरै गर्ने भएकाले घार फटेर धेरै गोला बनाउँच । तर यो हाइब्रिड अरिङ्गालले कर्म नगर्ने भएकाले कर्मी अरिङ्गाल हुँदैनन् डाइना अरिङ्गाल मात्रै हुन्चन् । तिनले हसुर्ने मात्रै भएकाले एकताबद्ध भएर धेरै भन्दा धेरै हसुर्न पाइन्च भनेर एकतावद्ध भएका हुन् । यसरी एकतावद्ध भएपछि ससाना डाइनाहर्ले राम्रोसँग खाने बस्नेको सुविधा पाएनन् । चल्ला अरिङ्गालले गोलामा राम्रो बास र गास नपाएको हुनाले छरपस्टिएर अलपत्र परेर आकासमा भौँतारिँदै उडिरहेका छन् । चल्ला अरिङ्गाललाई एकतावद्ध बनाएर एउटै गोलामा हुल्न ढेँडु अरिङ्गालहर्लाई हस्याङ फस्याङ परेको छ । जति कोसिस गर्दै पनि सकेका छैनन् । एउटा एउटा अल्झन् र बखेडा आइलाग्च अनि भाँडिन्च ।
यो अरिङ्गालले मनुखे जगतलाई जताततै चिल्न मात्रै थाल्यो । कालो अरिङ्गालमा रङ खुइलिएर फुस्रोखैरो भएको अरिङ्गाल मिसिएपछि यसको रङ झन् बढी चुकजस्तो कालो भयो । डाइनाको सङ्ख्या मात्रै बढ्यो । ससाना, मभ्mयौला र ठूला गरी तीन तहका गोला भएपछि सबै गोलाहरूमा डाइनाहरू मात्रै बढे । तीनलाई आहाराको कमी भयो । त्यसपछि तिनले मनुखेको बालीनाली नष्ट पारेर पनि नपुगेपछि मनुखेलाई नै अन्धाधुन्ध चिल्न थाले । मनुखेहरूमा हाहाकार मच्चियो । त्यसपछि तीन तहका गोलाहरूमा साम्राज्य फैलाएको अङ्गिालको चौतर्फी विरोध हुन थाल्यो ।ंं यसरी चौतर्फी रूपमा अरिङ्गालको विरोध हुन थालेपछि हाइब्रिड जातको चुके अरिङ्गालको सिँहदरबारमा विराजमान ढेँडु अरिङ्गालले आफ्नो बथानको बैठक डाक्यो । बैठकमा डाइनाका नाइकेहरू मात्रै सहभागी भए ।
बैठकलाई सम्बोधन गर्दै ढेँडु अरिङ्गाल अर्थात् नाइके अरिङ्गालले भन्यो ‘अहिले मनुखे जगतबाट हाम्रो चौतर्फी विरोध र भण्डाफोर भैराखेको छ । हामी माथी हसुरेको आरोप आइराखेको छ । यस्तो बेला सबै अरिङ्गाल एकजुट भएर मनुखेमाथि जाइलाग्नु पर्दैन ? हामी दुइटा ढेँडुको मात्रै हो बचाउ गर्ने जिम्मा ? दुइनम्बरीले पनि भित्रभित्रै मेरा विरुद्ध खड्यन्तर गर्न थालेको भन्ने सुन्चु । बाहिर बाहिर मुखले चिल्लो घसेर बथानको बचाउ गरेको जस्तो देखिने भित्र भित्रै कैँची चलाउने ? मुखमा राम राम बगलीमा छुरा ? अरू डाइनाहर्ले हसुर्ने मात्रै हो कि ढेँडुको पनि बचाउ गर्ने हो ? नुनको सोझो गर्न पर्दैन ? अब उप्रान्त सबै अरिङ्गाल एकजुट भएर खनिनु पर्च । नत्र ठिक हुने छैन । भन्द्या छु ।’
यसरी डाइना अरिङ्गालहर्लाई बैठकमा बोलाएर ढेँडु अर्थात् नाइके अरिङ्गालले हकारेपछि कालो गुटतिरको पश्चिम मोहडातर्फको डाइना अरिङ्गालले भन्यो ‘सबै डाइना एकजुट भएर आक्रमण गर्न त ढेँडु अरिङ्गालले पनि सबैलाई एकजुट बनाएर समालेर राख्न सक्न प¥यो नि । आपूmले सबैलाई एकजुट बनाउन नसक्नी अनि अरूलाई एकजुट भएर ढेँडुको बचाऊ गर्न खनिनु पर्च भन्नी ?’ त्यसपछि बैठकमा ङर्ररर ङुर्ररर, भुनुनुनन, भ्mयाइँइँइ गर्दै चम्राकचिम्रिक्क भए । र, डाइनाहरू तितरवितर भए । ढेँडु अरिङ्गाल आफ्ना सुरक्षा गाडको घेराबन्दी बनाएर बासस्थान बालुवाटारतिर लाग्यो । भन्नेलाई फूलको माला, सुन्नेलाई सुनको माला पढ्नेले हाँस्दै घरतिर जाला । यो कथा मूलबाटो र बर्गदृष्टीमा खुरुक्क आउला ।
७ असोज २०७५