एजेन्सी, साउन ३ । विश्वकै ठूलो अर्थतन्त्र र उदयमान शक्तिको रुपमा स्थापित भईरहेको चीन पर्यटकीय गन्तब्यको मामिलामा पनि विश्वकै तेस्रो स्थानमा परेको छ । विश्व पर्यटन संगठनको सूची अनुसार चीन पर्यटनका लागि विश्वको तेस्रो गन्तब्य बन्न सफल भएको हो ।सो सूची अनुसार पहिलो स्थानमा फ्रान्स रहेको छ भने दोस्रो स्थानमा अमेरिका र तेस्रो स्थानमा चीन रहेको छ । तथ्यांक अनुसार स्पेनलाई पछि पार्दै चीनले आफ्नो तेस्रो स्थान सुरक्षित गरेको छ ।

विश्वको सात आश्चर्यमध्ये एउटा चीनमा रहेको छ । त्यो हो ग्रेटवाल । चीन भ्रमण गर्ने जो कोहीका लागि ग्रेटवाल गन्तव्य हुने गरेको छ । चीनको राजधानी वेइजिङमा ग्रेटवालबाहेक विश्वका सबभन्दा ठूलो केन्द्रीय स्क्वायर रहेको छ । त्यस्तै यहाँ प्राचिन राजवंशीको पुराना दरवारहरुका साथै धार्मिक तथा ऐतिहासिक स्थलहरु पनि हेर्न लायकका छन् ।

हार्दिक शुभकामना !

चीनको वेइजिङ्मा रहेको ग्रेटवाल दुई हजार वर्ष पुरानो पर्खाल हो । यो पर्खाल अरु देशको आक्रमण बच्नका लागि भनेर त्यो समयमा आठदेखि ३५ फिटसम्मको उचाईको निर्माण गरिएको थियो । यसको उचाई तथा चौडाई सबैतिर एकैनाशको रहेको छैन । ग्रेटवालको पर्खालको लम्बाई छ हजार ४०० किलोमिटर भनिएपनि विभिन्न टुक्रालाई जोड्दा ८८५१ किलोमिटर हुन आउँछ । त्यहाँ उल्लेख विभिन्न सूचना अनुसार यो पर्खाल माटो र ढुगांबाट पाँचौ शताब्दीदेखि १६ औं शताब्दीसम्ममा निर्माण भएको थियो ।

पूर्वको शानहाइगुआनदेखि पश्चिमको लोपनुरसम्म फैलिएको यो पर्खाल निर्माणका लागि २० लाखभन्दा बढी व्यक्तिले आफ्नो पूरै जीवन लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर