काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारीले एक वक्तव्य जारी गरी कृषि तथा वन विज्ञान विश्वविद्यालयले हालै ८ वटा निजी कलेजहरुलाई दिएको सम्बन्धन प्रक्रियाको खारेजीको माग गरेका छन् । बुधबार जारी गरिएको उक्त वक्तव्यमा भनिएको छ, चितवनमा स्थापित कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधिकारीहरुले भूमाफियासँग सम्बन्धित ८ वटा निजी कलेजहरुलाई सम्बन्धन दिई कृषि शिक्षालाई तहस नहस पारी आफ्नो स्वार्थसिद्ध गर्ने प्रक्रियामा लागेको देखिएको छ । सत्ता पक्ष र विपक्षसँग सम्बन्धित शैक्षिक र भूमाफियाहरुसँगको साँठगाँठ र आर्थिक चलखेल समेत भएको देखिएको छ । यसप्रति हाम्रो संगठनको गम्भीर ध्यानकर्षण भएको छ । र, यस कदमको हामी तीव्र भत्र्सना गर्दछौं र उक्त सम्बन्धन प्रक्रिया तत्काल खारेज गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं ।”

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर