क्रान्तिकारी माओवादी काठमाडौंको १० औं अधिवेशन सुरु (फोटो फिचर)

क्रान्तिकारी माओवादी काठमाडौंको १० औं अधिवेशन सुरु (फोटो फिचर)

काठमाडौं, चैत २९ । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंको १० औं अधिवेशन पुरानो बानेश्वरको एक पार्टी प्यालेसमा सुरु भएको छ ।क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले १० वटा मैन बत्ती बालेर उक्त जिल्ला अधिवेशनको उद्घाटन गर्नु भएको छ ।

जिल्लाका ९ वटै इलाकाबाट प्रतिनिधि, पर्यवेक्षकहरुको सहभागिता रहेको उक्त अधिवेशनमा पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, स्थायी समिति सदस्य रामसिंह श्रीस, पार्टी पीबीएम तथा ३ नं. प्रदेश सचिव दिनेश शर्मा ‘सागर’, पीबीएम पवनमान श्रेष्ठ, पार्टी के.स. तथा काठमाडौं इन्चार्ज सुरेश श्रेष्ठ लगायतका केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ । पार्टी के.स. तथा जिल्ला सचिव शारदा महतले अध्यक्षता गरेको उक्त अधिवेशनमा सामना साँस्कृतिक परिवारका कलाकारहरुले उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय गीत प्रस्तुत गरेका छन् ।

प्राप्त जानकारी अनुसार उक्त अधिवेशनको उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र सुरु हुने र नयाँ कार्य समितिको चयन गरिने छ ।