अखिल (क्रान्तिकारी) चितवनको २९ औं जिल्ला सम्मेलन चैत २८ गते हुने

अखिल (क्रान्तिकारी) चितवनको २९ औं जिल्ला सम्मेलन चैत २८ गते हुने

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) चितवनले यही चैत २८ गते आफ्नो २९ औं जिल्ला सम्मलेन गर्ने भएको छ । सम्मेलनको विषयमा जानकारी गराउन उक्त विद्यार्थी संगठनको जिल्ला समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना ग¥यो । सम्मेलनमा वितरीत प्रेस वक्तव्यका अनुसार “जनवादी र वैज्ञानिक शिक्षाका लागि हाम्रो अभियान, शैक्षिक माफियाकरण विरुद्ध २९ औं जिल्ला सम्मेलन” भन्ने मूल नाराका साथ सम्मेलन सम्पन्न गरिने भएको छ ।

वक्तव्यको पूर्णपाठ यस्तो रहेको छः

प्रेस वक्तव्य

त्याग, समर्पण र वलिदानको गौरवशाली इतिहास बोकेको हाम्रो यस संगठन अखिल (क्रान्तिकारी) चितवन जिल्ला संगठन सतितिको २९ औं जिल्ला सम्मेलन यही मिति २०७४ चैत २८ गते भव्यताका साथ सुसम्पन्न हुन गइरहेको कुरा यहाँहरु मार्फत आम जनसमुदायलाई सगौरव जानकारी गराउन चाहन्छौं । “जनवादी र वैज्ञानिक शिक्षाका लागि हाम्रो अभियान, शैक्षिक माफियाकरण विरुद्ध २९ औं जिल्ला सम्मेलन” भन्ने मूल नाराका साथ सुसम्पन्न हुन गइरहेको संगठनको याये सम्मेलनको छुट्टै महत्व रहेको छ ।

नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनले टुटफुट, विभाजन र विचलनको विष्मयकारी श्रृंखलाहरु पार गर्दै आएको छ । वर्तमान स्थितिमा क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई सुदृढ, धु्रवीकरण र संगठीत गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।

जिल्लाको जनतन्त्र, जनजिविका र शैक्षिक क्षेत्र विकृति र विसंगतीले व्याप्त छ । चितवनमा शैक्षिक क्षेत्रको विस्तारसँगै निजीकरण, व्यापारीकरण र माफियाकरण गुणात्मक रुपमा मौलाउँदै गइरहेको छ । जिल्लाको सरकारी संयन्त्र र कथित ठूला राजनीतिक दल र तिनका नेतृत्वहरु यी तमाम समस्याहरुलाई नियन्त्रण र निर्मुल पार्नुको सट्टा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा आफै संलग्न हुने, प्रश्रय दिने र संरक्षण गर्ने दिशामा लागेका छन् ।

सामुदायिक विद्यालयको स्तरोन्नती र गुणस्तरमा सुधार हुन सकेको छैन । मन्टेश्वरीदेखि विश्वविद्यालय तहसम्मका शैक्षिक संस्थाहरुमा शुल्कको विषयमा एकरुपता हुन सकेको छैन । मनोमानी ढंगले विभिन्न बहानामा शुल्क वृद्धि गरीरहेका छन् । राज्यद्वारा व्यवस्था गरिएको स्वास्थ्य सेवा र इन्धनमा ५० प्रतिशत छुट र आंसिक समयको रोजगारी लगायतका जल्दाबल्दा मागहरु पूरा गरिएको छैन । राष्ट्रियता र सीमा अतिक्रमणका सम्बन्धमा राज्य गैरजिम्मेवार देखिएको छ ।

यस सन्दर्भमा चितवन जिल्लामा एउटा मजबुद, जुझारु र नेतृत्वदायी संगठनको आवश्यकता टड्कारो पर्न गएको छ । यसै आवश्यकता पूरा गर्नका लागि र क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई राष्ट्रिय रुपमा पनि सुदृढ, मजबुद र धु्रवीकृत गर्ने उद्देश्य सहित यो जिल्ला सम्मेलन सम्पन्न हुन गइरहेको कुरा यसै पत्रकार भेटघाट कार्यक्रम मार्फत् सार्वजनिक गर्न चाहन्छौं । क्रान्तिकारी अभिवादन सहित ।

मितिः २०७४ चैत २२ ।

अमित सापकोटा
जिल्ला अध्यक्ष