चितवन । भरतपुर महानगरपालिका वडा नं. ११मा हालै सम्पन्न एक भेलाले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको वडा कमिटि गठन गरेको छ ।
उक्त भेलाले भीमराज पौडेलेको अध्यक्षतामा १३ सदस्यीय कमिटि गठन गरेको हो । सो कमिटिको उपाध्यक्षमा मधु बजगाई, सचिवमा देव बहादुर राई, कोषाध्यक्षमा मिना विक र सदस्यहरुमा सरस्वती खड्का, सृजना धमेल, कमल परियार, तुलसी पौडेल, देवी श्रेष्ठ, देवी विक लगायत रहनु भएको देजमोका केन्द्रीय सदस्य तथा चितवन जिल्ला अध्यक्ष अशोक शर्माले जानकारी दिनु भयो ।



























