दाजुले चलाएको गोली लागेर भाईको मृत्यु

दाजुले चलाएको गोली लागेर भाईको मृत्यु

ताप्लेजुङ, चैत २ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ मा दाजुले चलाएको गोली लागेर भाईको मृत्यु भएको छ । २७ वर्षीय दाजु सुवास आङ्वुहाङले चलाएको गोली लागेर भाई २२ वर्षीय दिवस आङ्वुहाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

बिहीबार साँझ दाजुभाई नै सिकार खेल्न जंगल गएको र सिकार खेल्ने क्रममा दाजुले गोली चलाउँदा भाईलाई लागेको थियो । घटनास्थलमा अहिले प्रहरी पुगेर अनुसन्धान सुरु गरेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको जानकारी दिए ।