एजेन्सी, फागुन १८ । अष्ट्रेलियका एकजना ९९ वर्षिये पौडीवाजले ५० मिटर फ्रिस्टाइलमा आफ्नो उमेर समूहबाट नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।
जर्ज कोरोनेस नामका ती वृद्धले कुइन्सल्याण्डको एउटा प्रत्योगितामा १०० देखि १०४ को उमेर समूहमा ५६.१२ सेकेण्डमा उक्त दूरी पार गरेर नयाँ कीर्तिमान बनाएका हुन् ।
कुइन्सल्याण्डले कोरोनेसको २०१४ को पुरानो कीर्तिमानलाई ३५ सेकेण्डले तोडेका थिए । उक्त पुरानो कीर्तिमानलाई बेलायतका पौडीवाज जोन हेरिसनले २०१४ मा राखेका थिए ।
उनी आगामी अप्रिल महिनादेखि सय वर्षमा प्रवेश गर्दैछन् । खेलको परिणामबाट आफु एकदमै खुशी भएको उनले बताए ।