मोबाइलबाट डिलिट भएका नम्बरहरु यसरी प्राप्त गर्न सकिन्छ गुगलबाट

प्रकाशित मिति : २०७४ फाल्गुन ८

अहिलेको युगमा स्मार्टफोनले अहम भूमिका निर्वाह गरिरहेको छ त्यो मनोरञ्जनको लागि होस् या त सम्पर्कको लागि अझ भनौं सम्पर्कको लागि विषेश गरी तर कहिलेकाहिँ दुर्घटनावश स्मार्टफोनमा रहेका नम्बरहरु डिलिट हुन पुग्छन् । त्यसपछि सबैभन्दा ठूलो समस्या नै अत्यावश्यक फोन नम्बरहरुलाई पुनः प्राप्त गर्नु अर्थात् रिस्टोर गर्नु नै हुन्छ ।

स्मार्टफोनबाट डिलिट भएका कन्ट्याक्टसहरु प्राप्त गर्न तपाईले ठूलो चिन्ता गर्नु पर्दैन । गुगलको सहयोगले सजिलैसँग तपाईंले गुगल ड्राइभमा सेभ भएका नम्बरहरु प्राप्त गर्न सक्नुहुन्छ । त्यसका लागि केही चरणहरु पूरा गर्नुपर्दछः

१. सबैभन्दा पहिले आफ्नो ब्राउजरमा गुगल कन्ट्याक्ट्स contacts.google.com वेबसाइट खोल्नुहोस् । तपाईका नम्बरहरु जुन जिमेल ठेगानासँग आबद्ध गर्नुभएको थियो सोही जिमेलमा लगइन गरी ब्राउजरमा उक्त साइट खोल्नु आवश्यक हुन्छ ।

२. वेबसाइट खोलिसकेपछि त्यसको माथि बायाँतर्फ रहेको मेन्यूमा जानुहोस् र More बटनमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईंले undo changes को अप्सन देख्नुहुनेछ ।

३. त्यसपछि आफूलाई जुन समय भित्र डिलिट भएका वा परिवर्तन गरिएका सम्पर्क नम्बरहरु पुरानै अवस्थामा चाहिएको हो, सोही अनुसारको समय छानेर रिस्टोर गर्न सक्नुहुन्छ । यस प्रकार तपाईले डिलिट वा इडिट भएका सम्पर्क नम्बरहरु पुनः प्राप्त गर्न सक्नुहुन्छ । तर ध्यान दिनुपर्ने कुरा के भने तपाईंले ३० दिन भित्रमा डिलिट भएका कन्ट्याक्स रिस्टोर गर्नैपर्दछ । अन्यथा रिस्टोर गर्न सकिँदैन । एजेन्सीको सहयोगमा