नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी) तथा देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रदेश नम्बर ५ अन्तर्गतका प्रदेशका पूर्वी मधेश क्षेत्रका तीन जिल्लामा तीन महिने संगठन तथा जनपरिचालनमा संयुक्त कार्यक्रम संचालन गर्ने भएका छन् ।

बुटवलमा आइतबार भएको संयुक्त बैठकले तीन महिने अभियान अन्तरगत नवलपरासी, रुपन्देही र कपिलबस्तुमा संयुक्त संगठन तथा जनपरिचालन अभियान संचालन गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश ५ का सचिव प्रेम सुवेदीले जानकारी दिनुभयो ।

उहाँले जनयुद्ध दिवसको दिनमा जिल्ला जिल्लामा कार्यक्रम गर्ने र फागुन २ देखि ६ गतेसम्म कपिलबस्तुमा, ७ देखि ११ गतेसम्म रुपन्देही र १२ देखि १४ गतेदेखि परासीमा अभियान संचालन गर्ने बताउनुभयो ।

तीन महिने अभियान अन्तरगत १५ दिनसम्म चल्ने सो संयुक्त अभियानमा संगठन भएका स्थानमा संगठन सुदृढीकरण र संगठन नभएका स्थानमा सम्पर्क संगठन निर्माण गरी देजमो, युवा तथा बिद्यार्थी, मजदुर, किसान र महिला संगठनको सदस्यता वितरणलाई बिशेष जोड दिदै अन्य जनबर्गीय तथा मोर्चा संगठनका सदस्यता वितरण तथा संगठन गठन पुनर्गठन गर्ने देजमोका केन्द्रीय सचिवालय सदस्य तथा ५ नम्बर प्रदेश संयोजक के.बी गुरुङले बताउनुभयो ।

क्रान्तिकारी माओवादीले ५ नम्बर प्रदेश अन्तर्गतका जिल्लाहरुका पार्टी तथा देजमोका जिल्ला कमिटीलाई प्रशिक्षण दिदै चुस्त दुरुस्त बनाउदै नगर तथा गाउँ कमिटीलाई बैचारिक प्रशिक्षण दिदै आएको जनाएको छ । अभियान अन्तरगत सबै जिल्लामा जनबर्गीय तथा मोर्चा संगठनका भेला तथा सम्मेलनलाई तीब्रता दिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर