माडी बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)को मूल इकाई कमिटि गठन

माडी बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)को मूल इकाई कमिटि गठन

चितवन । नेकपा (क्रान्तिकार माओवादी) निकट अखिल (क्रान्तिकारी)ले माडी बहुमुखी क्याम्पसमा राम सापकोटाको अध्यक्षतामा मूल इकाई कमिटि गठन गरेको छ । आइतवार सम्पन्न क्याम्पस कमिटिको भेलाले उपाध्यक्षमा किरण राई,सचिवमा देवेन्द्र पोख्रेल,सह–सचिवमा नविना सुनार,कोषाध्यक्षमा ज्ञानदिप अधिकारी सहित १३ सदस्यीय मुल इकाई कमिटि गठन गरेको हो । क्रान्तिकारी माओवादीका केस तथा पार्टी जिल्ला इन्चार्ज अम्बिका मुडभरी, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अमृत चपागाई लगायतका विद्यार्थी नेताहरुको उपस्थितिमा उक्त इकाई कमिटि गठन गरिएको हो ।