क्रान्तिकारी माओवादी नवलपरासीले संगठन र संघर्षलाई सँगसँगै लैजाने

क्रान्तिकारी माओवादी नवलपरासीले संगठन र संघर्षलाई सँगसँगै लैजाने

नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी) नवलपरासीले सामाजिक बिकृति बिसंगति बिरुद्ध संर्घष गर्ने निर्णय गरेको छ । सो पार्टीनिकट देशभक्त जनगणतान्त्रिक मोर्चाको बर्दघाटमा भएको भेलामा क्रान्तिकारी माओवादीका नेताहरुले यस्तो कुरा बताएका हुन् । मंगलबार बर्दघाटमा भएको क्रान्तिकारी माओवादी सम्बद्ध देजमो नवलपरासी तथा बर्दघाट नगर समितिको भेलामा बोल्ने क्रान्तिकारी माओवादीका नेताहरुले भ्रष्टाचारी, कमिशनखोरी तथा घुसखोरीहरुका विरुद्ध संर्घष गर्ने सो पार्टीका जिल्ला सेक्रेटरी संकल्पले बताउनु भयो । 

तीन महिने संगठन बिस्तार अभियान थालेको क्रान्तिकारी माओवादीले संर्घष र संगठन बिस्तार संगसंगै गर्ने बताएको छ । देजमोका जिल्ला अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अखिल नेपाल किसान संघ (क्रान्तिकारी)का जिल्ला अध्यक्ष छबिलाल खरेल, देजमोका नेताहरु राजु प्रसाद खनाल, भागिरथ चापागाईलगायतले मनतव्य राख्नुभएको थियो ।