डा. के.सी.लाई अविलम्ब रिहाई गर्न देजमोको माग

डा. के.सी.लाई अविलम्ब रिहाई गर्न देजमोको माग

काठमाडौं, २५ पुस । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले डा. गोविन्द के.सी.को गिरफ्तारीको विरोध गर्दै उनको अविलम्ब रिहाईको लागि सरकारसँग जोडदार माग गरेको छ । मोर्चाका अध्यक्ष सी.पी. गजुरेलको हस्तारक्षरमा जारी व्यक्तव्यमा डा. के.सी.को गिरफ्तारीले राज्यको निरंकुशता र संविधानको गैरजनतान्त्रिक चरित्रलाई संकेत गरेको जनाइएको छ । मोर्चाले डा. के.सी.को गिरफ्तारीबाट उत्पन्न हुने सबै खालको परिस्थितिको जिम्मा पनि सरकारले नै लिनु पर्ने बताइएको छ ।

 

thumbnail of circular 2074-09-25