डा. केसीको मुद्दा सुनुवाइको इजलास तोकियो, न्यायाधीश मिश्र र चालिसेले बयान लिने

डा. केसीको मुद्दा सुनुवाइको इजलास तोकियो, न्यायाधीश मिश्र र चालिसेले बयान लिने

काठमाडौं, २५ पुस । डा. गोविन्द केसीको अपहेलना मुद्दा सुनुवाइका लागि सर्वोच्च प्रशासनले इजलास ताकेको छ । न्यायाधीशद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा केसीको बयान हुने भएको छ । बयान सकिएपछि सोही इजलासले केसीको मुद्दामा सुनुवाइ गर्नेछ ।

बिहान कार्यालय समयअघि नै केसीलाई अदालतमा पेश गरिए पनि इजलास तोक्न ढिलाइ गरिएको थियो । दैनिक पुरक पेशी सूचीमा इजलास तोकिएको हो ।

इजलास तोक्नुअघि सर्वोच्चको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित बैठक) बसेको थियो । फूलकोर्टको निर्णयपछि इजलास तोकिएको हो ।

अदालतको अपहेलना गरेको अभियोगमा सर्वोच्च प्रशासनको टिप्पणीले केसीविरुद्ध सोमबार मुद्दा चलाइएको थियो । सोमबार नै केसीलाई बयानका लागि हाजिर गराउन सर्वोच्चले आदेश जारी गरेको थियो ।