काठमाडौं, १३ मंसिर । निर्वाचन आयोगले आचार संहिताको उल्लंघन गरी पार्टीको प्रचारमा विज्ञापन छपाएको सम्बन्धमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच राष्ट्रिय दैनिकहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

आयोगले मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै सो जानकारी दिएको हो । नेकपा एमालेद्वारा मंगलबार बिहान राजधानीसहित देशका विभिन्न भागबाट प्रकाशित हुने कान्तिपुर, अन्नपूर्ण, नयाँपत्रिका, नागरिक र राजधानी दैनिकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्वीर सहित एमालेका चुनाव चिन्हमा मतदान गर्न आह्वान गरिएको सन्देश सहितको विज्ञापन पहिलो पृष्ठमा छापिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर