
काठमाडौं । त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । सप्तरीको राजविराटबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस शनिबार विहान त्रिशुलीमा खसेको थियो । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् । मतृक मध्ये १२ जनाको सनाखत भएको छ ।
घाइतेहरुका अनुसार बसमा ६४ यात्रु थिए । १६ जना घाइतेको उद्दार गरिएको छ । बसले थिचेको हुनसक्ने आशंकामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ । हालसम्म १२ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत भएकाहरू मध्ये १० जना सप्तरी जिल्लाका रहेका छन् भने एक जना सिरहा र एक जना भारतीय नागरिक रहेका छन् ।
हालसम्म सनाखत भएका १२ जना मृतकको नामावली
नरेश मुखिया – सप्तरी
शुसान चौधरी – सप्तरी
रमानन्द यादव – सप्तरी
संजित कुमार झा – सप्तरी
सिम्मी कुमारी झा – सप्तरी
आदित्य यादव – सप्तरी
ममता देवी ठाकुर – मधुवनी बिहार ईन्डिया
राज कपुर यादब – सिरहा
पार्वती चौधारी – सप्तरी
चन्ऽरेखा प्रमणी – सप्तरी
मन्जित कुमार झा – सप्तरी
चन्ऽावती झा – सप्तरी