सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

धादिङ । त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त सडकखण्डमा पर्ने धादिङको धुनीवेशी नगरपालिका स्थित टायलघरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । प्रहरी स्रोतका अनुसार काठमाडौंबाट गजुरीतर्फ आउँदै गरैको बा ८२ प ७७९७ नम्बरको मोटरसाइकललाई काठमाडौंतर्फ जाँदै गरेको बा २ खा ७१८२ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा काठमाडौं त्रिपुरेश्वर निवासी वर्ष २३ का शलिन तुलाधर र बबरमहल–१ निवासी २२ वर्षीय रामेश्वर सिलवाल रहेका छन् । दुर्घटना लगत्तै ट्रिपर चालक र ट्रिपरलाई ईलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिइसकेको छ भने मृतक दुवै जनाको शव पोष्टमार्टका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।