मनी ट्रान्सफरबाट २० लाखभन्दा बढी चोरी

मनी ट्रान्सफरबाट २० लाखभन्दा बढी चोरी

लहान । शुक्रबार सिरहाको लहानमा रहेको एक मनी ट्रान्सफरबाट २० लाखभन्दा बढी रुपैयाँ चोरी भएको छ । लहान १ स्थित मुख्य चोकमा रहेको कृष्णा मनि ट्रान्सफरबाट नगद तथा रिचार्ज कार्ड गरी २० लाख रुपैयाँ भन्दा बढी चोरी भएको सञ्चालक रामअशिष महतोले बताएका छन् । सञ्चालक महतोका अनुसार मनि ट्रान्सफरमा रहेको नगद ६ लाख रुपैयाँ, साढे १२ लाख रुपैयाँ बराबरको टेलिकम र एनसेलको रिचार्ज, ल्यापटप र स्क्यानर चोरी भएको दाबी गरेका हुन् । विहान करिब ४ बजेको समयमा झ्यालको रड काटेर भित्र पसी चोरी गरेको सिसी क्यामेरामा देखिएको महतोले बताए । इलाका प्रहरी कार्यालय लहानले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।