काठमाडौं, ६ कार्तिक । बरिस्ठ हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले १७ बर्षपछि नयाँ चलचित्र ‘शत्रुगते’को आज शुभमृर्हत गरेका छन । काठमाडौंको गणेशस्थान मन्दिरमा भएको शुभमृर्हत कार्यक्रममा अधिकांश हास्यकलाकारको उपस्थित रहेको थियो ।
मह सञ्चारको प्रस्तुतीमा बन्न लागेको चलचित्रमा कलाकार हरिवंश आचार्य , मदनकृष्ण श्रेष्ठ, दिपकराज गिरी, दिपाश्री निरौला, पल शाह , प्रियंका कार्कीको अभिनय रहने बताईएको छ । आजैबाट ४५ दिनको सुटिङ्गका लागि बीरगंज जाने चलचित्रका निर्माता किरण केसीले बताउनुभयो ।
चलचित्र आउदो चैत्र ९ गते प्रदर्शन गर्ने तयारी भएको निर्माता केसीले बताउुभयो । यसअघि महसञ्चारद्धारा निर्मित हास्य चलचित्र ‘त त सार्है बिग्रिस नि बद्रि’, ‘जे भो राम्रै भो’ लगायत अन्य हास्य टेलिचलचित्रले पनि अत्याधिक चर्चा बटुलेको थियो ।