काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चाले त्रिविमा आमरण अनशन सुरु गरेका नेपाल आंशिक प्राध्यापक संघका मागप्रति ऐक्यबद्धता जनाएका छन् ।
आफूहरुसँग विगतमा भएका सहमति कार्यान्वयनका लागि सुरु गरेको आमरण अनशनमा ऐक्यबद्धता जनाउन पार्टीका तर्फबाट सचिवालय सदस्य सीताराम तामाङ र देजमोका तर्फबाट कार्यालय सचिव हरिकृष्ण गजुरेल आमरण अनशनस्थलमा गएर ऐक्यबद्धता जनाएका हुन् ।
यसैबीच क्रान्तिकारी माओवादी निकट नेपाल राष्टिङ र देजमोका तर्फबाट कार्यालय सचिव हरिकृष्ण गजुरेल आमरण अनशनस्थलमा गएर ऐक्यबद्धता जनाएका हुन् ।
यसैबीच क्रान्तिकारी माओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संघका अध्यक्ष प्राध्यापक डा.जगदिशचन्द्र भण्डारीले विज्ञप्ति जारी गर्दै आंशिक प्राध्यापकका जायज मागको ऐक्यबद्धता सहित माग तत्काल पूरा गर्न आग्रह गरेका छन् ।
नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष डा.महेशकुमार गजुरेल उपकुलपतिको कार्यालयअघि ११ गतेदेखि आमरण अनशनमा बसेका छन् ।
संघले आफूहरुसँग त्रिवि र सरकारले यसअघि पटक पटक गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै आएको छ ।
त्रिवि र सरकारले २४० दिन ज्यालादारीमा काम गरेका आंशिक प्राध्यापकलाई स्वतः करारमा राख्नेलगायतका मागमा २०६५, २०६६ र २०६९ मा संघसँग सहमति गरेको थियो ।