काठमाडौं, २८ । यसवर्षको दशैं तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि आजबाट नयाँ नोट साट्न शुरु गरेको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल बैंकको काठमाडौं बैंकिङ कार्यालय न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुरमा नोट साट्न सकिनेछ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार र नक्सालबाट तथा कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारमा यो सुविधा पाइनेछ ।

हार्दिक शुभकामना !

\यी बैंकहरुबाट एक जनाले २० हजारसम्मका ५,१०,२०,५० र १०० का नयाँ नोट साट्न सक्नेछन् । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडलेका अनुसार उपभोक्तालाई सहज रूपमा नयाँ नोट उपलब्ध गराउने उद्देश्यले सरकारी बैंकमार्फत नोट साट्ने व्यवस्था मिलाइएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर