काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले लगातार तेस्रो जित निकालेको छ ।
शनिबारराति आफ्नै घरेलु मैदानमा भएको खेलमा युनाईटेडले लेस्टर सिटीलाई २–० ले हराएको हो ।
खेलमा युनाइटेडलाई विजयी गराउन अत्तिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेका मार्कस रास्फोर्ड र मराउने फेलियानीले एक–एक गोल गरे । यसअघि रोमेलु लुकाकुले पाएको एउटा पेनाल्टीको अवसरमा गोल गर्न चुकेका थिए ।
प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई २–१ ले हरायो । खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रहिम स्टर्लिङले अतिरिक्त समयमा निर्णायक गोल गरे ।
यसअघि बर्नमाउथका चार्ली ड्यानियल्सले पहिलो गोल गरेका थिए भने सिटीका ग्याब्रिएल जिससले बराबरी गोल गरेका थिए ।
प्रिमियर लिग फुटबलकै अन्य खेलहरुमा स्वान्सी सिटीले क्रिस्टल प्यालेसलाई २–० ले तथा न्यूकासल युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई ३–० ले हराएका छन् ।
हडसर्पिmल्ड टाउन र साउथह्याम्पटन तथा वाट्फोर्ड र ब्राईटनले भने गोलरहित बराबरी खेलेका छन् ।
प्रिमियर लिग फुटबलमा आज चेल्सी र एभर्टन, लिभरपुल र आर्सनल, टोटनह्याम र बर्नली तथा वेष्ट ब्रोम र स्टोक सिटी भिड्नेछन् ।