आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,
ठूलो क्रान्तिकारी आन्दोलनले धक्का खाए पश्चात हाम्रो देश लामो समय देखि संक्रमणकालको अवस्थाबाट गुज्रिरहेको छ । क्रान्ति र प्रतिक्रान्तिका बीचको द्वन्दका कारण पैदा भएको यो संक्रमणकाललाई अन्त गरेर देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरुले आफ्नो वर्चस्व कायम गर्ने ठूलो कसरत गरिरहेका छन् । कथित संविधानसभा–२ को प्रायोजित निर्वाचनले देशमा प्रमुख पश्चगामी र यथास्थितिवादी पार्टीहरु नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र (मा.के) र रा.प्र.पा.लाई सत्ताको मुख्य स्थानमा ल्याउने काम ग¥यो । यसले नेपालको वर्तमान पश्चगामी संविधान जारी गर्नका लागि मार्ग प्रशस्त पनि ग¥यो । त्यस प्रकारको संविधान जारी पनि ग¥यो । तर त्यो संविधान जनताको बीचमा स्थापित हुन भने सकेन । जनताको ठूलो हिस्साले त्यसको अपनत्व लिएको छैन । उनीहरुले सोचे जस्तो प्रतिक्रियावादीहरुको वर्चस्व कायम हुने गरि संक्रमण कालको अन्त्य गर्ने तिनीहरुको योजना अझै सफल हुन सकेको छैन ।
राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न, जनताको जनवादी अधिकार र जनताका दैनिक जीवनस“ग जोडिएका समस्याहरुको समाधान हुने आशा लिएका नेपाली जनता निराश र केही मात्रामा आक्रोशित पनि भएका छन् । विदेशी प्रतिक्रियावादी शक्तिहरु खासगरी भारतीय विस्तारवादको तावेदारी गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रले पटक–पटक गठबन्धन सरकारको नेतृत्व गरिरहेको घटनालाई हेर्दा नेपालको राष्ट्रिय स्वाधीनताले अब सिक्किमकै बाटो समात्ने हो कि भन्ने आशंका र भय धेरै तिरबाट व्यक्त भैरहेको छ । प्रतिक्रान्तिको असरका रुपमा नेपाली समाजमा शुरु भएको प्रतिक्रियाकालमा आयोजित “स्थानीय तहको निर्वाचन”ले देशका अगाडि उपस्थित समस्याको समाधान गर्ने नभएर स्थितिलाई झन विकराल बनाउने कुरा निश्चित छ । तथापी यतिखेर क्रान्तिकारी आन्दोलन उतारमा गएको र जनसम्बन्ध सुढृढ बनाउन अत्यन्त जरुरी भएको हुनाले हाम्रो संगठनले यो निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति लिएको हो । यो पश्चगामी संविधान र प्रतिक्रियावादी व्यवस्थाको विरोधमा जनतालाई संगठित गर्दै संघर्षलाई अगाडि बढाउनका लागि नया“ मोर्चा निर्माण गर्नु र क्रान्तिकारी आन्दोलनलाई उठाउनु नै अहिलेको प्रमुख जिम्मेवारी हो भन्ने हाम्रो बुझाइ छ ।
अन्तमा आमूल परिवर्तनको पक्षमा उभिएको एकमात्र संगठन देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल समर्थित उम्मेदवारहरुलाई विजयी बनाउन पनि हामी यहा“हरुस“ग विनम्र अनुरोध गर्दछौं ।
केन्द्रीय कार्यालय
मितिः २०७४ असार ६ गते देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
































