नेपालको आर्थिक वृद्धिदर १९९४ यताकै बढी

नेपालको आर्थिक वृद्धिदर १९९४ यताकै बढी

काठमाडौ, वैशाख २९ । दुई दशकपछि पहिलोपटक नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुगेको छ । विश्व बैंकले बिहीबार जारी गरेको सूचना अनुसार बजार मूल्यका आधारमा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुगेको हो ।

लोडसेडिङमा कमी, पुनर्निर्माणको कामले लिएको गति र कृषिबालीका लागि मौसमले साथ दिएका कारण आर्थिक वृद्धिदर राम्रो भएको विश्व बैंकको भनाइ छ । यसअघि विश्व बैंकले नै नेपालको आर्थिक वृद्धि दर ६.५ प्रतिशतले हुने आँकलन गरेको थियो ।

आर्थिक वृद्धि दरका लागि धान र गहुँ उत्पादनले सघाएका हुन् । यस वर्षको आर्थिक वृद्धिदर सन् १९९४ पछिको सर्वाधिक बढी हो । यो वर्ष नेपालको आर्थिक वृद्धिदरमा सुधार भएपनि जोखिम भने अझै कायम रहेको विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ ।