क्रान्तिकारी माओवादीका नेतालाई उम्मेदवारी फिर्ता लिन नारायणकाजीको दबाब

क्रान्तिकारी माओवादीका नेतालाई उम्मेदवारी फिर्ता लिन नारायणकाजीको दबाब

गोरखा । नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन दबाब आउन थालेको छ ।

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले टेलिफोन गरेरै क्रान्तिकारी माओवादीका नेता टलबहादुर गुरुङलाई अजिरकोट गाउँपालिकाको अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिन दबाब दिएका हुन् ।

गोरखाको अजिरकोट गाउँपालिकामा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन ।

नेकपा (क्रान्तिकारी माओवादी) गोरखाका नेता नारायण अधिकारीले श्रेष्ठले पटक–पटक टेलिफोन गरेर उम्मेदवारी फिर्ता लिन चर्को दबाव दिइरहेको बताएका छन् ।

गोरखा जिल्लाका उम्मेदवारहरु क्यामेरा चिन्हमा स्थानीय तहको निर्वाचनमा भाग लिइरहेका छन् । क्रान्तिकारी माओवादीको अवस्था बलियो देखिएपछि आफूहरु पराजित हुने डरले श्रेष्ठले उम्मेदवारी फिर्ता लिन दबाब दिएको उनको भनाई छ ।

संसदबाहिर रहेका दललाई निर्वाचन चिन्हबाट समेत बञ्चित गराएर हुन लागेको यो निर्वाचनमा क्रान्तिकारी माओवादीका देजमोका उम्मेदवार स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् ।