काठमाडौं । काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाको १ नं. इलाकाका वडाहरुमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल गठन गरिएको समाचार प्राप्त भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) का १. इलाका संयोजक फडिन्द्र कार्कीले दिएको जानकारी अनुसार वडा नं. १० मा पवन गुरुङको संयोजकत्वमा १९ सदस्यीय, वडा नं. ११ मा अजय बज्राचार्यको संयोजकत्वमा २५ सदस्यीय देजमोका वडा कमिटिहरुको गठन गरिएको छ भने वडा नं. ३१ मा केवी मानन्धर, वडा नं. ३२ मा चिरञ्जीवि डोटेल र वडा नं. २९ मा जय दाहाललाइ संयाेजक तोकिएको छ ।































