यति एअरको विमानमा ल्यान्डिङको क्रममा हाइड्रोलिक समस्या, त्रिभुवन विमानस्थल केही बेर अवरुद्ध

यति एअरको विमानमा ल्यान्डिङको क्रममा हाइड्रोलिक समस्या, त्रिभुवन विमानस्थल केही बेर अवरुद्ध

५ वैशाख काठमाडौं । त्रिभुवन विमानस्थल अवतरण गर्ने क्रममा क्रममा यति एयरलाइन्सको विमानमा हाइड्रोलिक समस्या देखिएपछि विमानस्थल केही समय बन्द भएको छ ।

मंगलबार दिउँसो पोखराबाट छुटेको यति एयरलाइन्सको विमानमा हाइड्रोलिक समस्या देखिएपछि केही मिनेट विमानस्थलको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय उडान अवतरण प्रभावित भएको हो ।

बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार यति एयरलाइन्सको सो जहाजलाई ल्याण्ड गरेर पार्किङ गर्नको लागि ७ मिनेट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय उडान तथा अवतरण रद्ध गरिएको थियो ।

उनले भने, ‘पोखराबाट आउँदै गरेको यती एयरलाइन्सको बिमानमा हाइड्रोलिक समस्या देखिएपछि ७ मिनेटजति विमानस्थलको सेवा बन्द हुन गएको थियो ।’

हाइड्रोलिक समस्या देखिएपछि पाइलटले बिमानस्थलमा खबर गरेका थिए । पाइलटको जानकारी अनुसार एम्बुलेन्स र दमकल समेत तयारी अवस्थामा राख्ने गरिन्छ ।

यति एयरलाइन्सको विमान ल्यान्डिङ भएपछि उक्त विमानलाई डोमेस्टिक पार्किङ स्टेशनसम्म सम्म क्रेनले तानेर लगिएको थियो ।